logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त, प्रदेश प्रमुख शर्माले गराए शपथ


अंकुरण खबर
2.301K
Shares

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। पाण्डेले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका थिए।

नियुक्ति भएलगत्तै पाण्डेले आजै हेटौंडा–१० स्थित प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

पाण्डेले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका १/१ गरी तीन मन्त्री नियसक्त गरी मन्त्रिपरिषद पनि गठन गरेका छन्।

अष्टलक्ष्मी शाक्यले बुधबार संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएपछि वाग्मतीमा पाण्डेले बुधबार नै प्रदेश प्रमुख शर्मासमक्ष प्रदेशसभाका ५९ सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी बुधबार साँझ गरेका हुन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार दलले उनलाई समर्थन गरेका छन्।

प्रदेश प्रमुख यादवले संविधानको धारा १६९ को उपधारा १ को खण्ड (क) बमोजिम नयाँ सरकार गठन गर्न आज अपराह्न ३ बजेसम्म समयसीमा निर्धारण गरेका थिए।