logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज एमालेको केन्द्रीय कमिटी बैठक बस्दै


अंकुरण खबर
611
Shares

आज नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बस्न लागेको छ।

बैठक आज बिहान ११ बजे पुष्पलाल स्मृति भवन, च्यासलमा केन्द्रीय कमिटी बैठक बस्ने भएको हो।

राष्ट्रिय महाधिवेशनबारे बिहीबार स्थायी कमिटी बैठकले गरेका निर्णय अनुमोदन गर्न केन्द्रीय कमिटी बैठक बस्न लागेको जनाइएको छ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले आगामी महाधिवेशनमा एक हजार ५ सय ३६ प्रतिनिधि सहभागी गराउने निर्णय गरेको थियो। स्थायी कमिटीले पास गरेको प्रतिनिधि छनोटको मापदण्ड आजको केन्द्रीय बैठकमा पेश गरिने भएको छ।

महाधिवेशनमा भूगोलबाट एक हजार १ सय ९६ जना प्रतिनिधि सहभागी हुनेछन्। हरेक निर्वाचन क्षेत्रबाट ३ जना महिला प्रतिनिधि आउने जनाइएको छ।