नेपाली बजारमा शुक्रबार सुनको भाउ ४०० रूपैयाँ घटेको छ ।
बिहीबार बजारमा प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार ४०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले नै घट्दै ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने बिहीबारको मूल्यमा तोलामा ५ रुपैयाँले घट्दै एक हजार २४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।