logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काँग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी विमलेन्द्र निधिलाई


अंकुरण खबर
845
Shares

प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विदेश भ्रमणमा गएपछि काँग्रेस उपसभापति विमलेन्द्र निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन्।

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले निधिलाई कार्यवाहक जिम्मेवारी दिइएको विज्ञप्ति मार्फत जानकारी दिएका छन्।

सभापति देशबाहिर जाँदाका बखत पार्टी उपसभापतिलाई कार्यवाहक दिने पार्टीको विधानमा व्यवस्था छ।

यस्तै, सरकारमा गृहमन्त्री बालकृष्ण खाँडलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।