logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बार परिसरभित्रै कानुन व्यवसायीबीच हात हालाहाल, अधिवक्ता चुडालको कोट च्यातियो


अंकुरण खबर
1.3K
Shares

नेपाल बार एसोसिएसन परिसरमा कानुन व्यवसायीहरूबीच शुक्रबार हात हालाहाल भएको छ । रामशाहपथस्थित नेपाल बारको भवनबाहिर हात हालाहात भएको हो ।

अधिवक्ता भूमिनन्द चुडालमाथि अर्का कानुन व्यवसायी विराट न्यौपानेले हातपात गरेको बताइएको छ। उनीमाथि भएको कुटपिटको कनुनी उपचारमा जाने चुडालको भनाइ छ ।

चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए । ‘मिडियामा न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हाले’, चुडालले भने, ‘मेरो कोट पनि च्यातिएको छ । बहस गर्न आएको थिएँ । अब म कानुनी प्रक्रियामा जान्छु ।’