नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली निरंकुश र प्रतिगमनकारी हुँदा देशले दुख पाएको जिकीर गरेका छन् ।
शुक्रबार चितवनमा अध्यक्ष प्रचण्डले ओली प्रवृत्ति नेपाल र नेपाली जनताका लागि घातक भएको बताएका छन् । उनले ओलीको दम्बकै कारण प्रधानमन्त्रीको पद गुम्नका साथै संविधाननै धरापमा पर्न लागेको आरोप लगाएका हुन् । कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘संविधान बनिसकेपछि विकास गर्न वाम गठबन्धनबाट निर्वाचन लडिएको थियो। कम्युनिष्टहरूलाई एकताबद्ध गर्ने उद्देश्य राखिएको थियो। तर ओलीको दम्बका कारण जनता समक्ष गरेका बाचा पुरा गर्न सकिएन्’
अध्यक्ष दाहालले ओलीले बालुवाटारमा विदेशबाट निकै महंगा सामान किनेर थुपारेको देखिएकाले जनतालाई जानकारी गराएको बताए ।त्यस्तै अध्यक्ष प्रचण्डले एमालेको महाधिवेशन चितवनमा सारेर ओली आफुलाई खोज्दै चितवन आएको दाबी गरे । अब देश र जनतालाई निकास र बिकास दिन माओवादी चुन्न पनि जनतासमक्ष आग्रह गरे ।