logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट विश्वमा ५० लाख ३ हजार ९०१ को मृत्यु, २४ करोड ६७ लाख बढी संक्रमित


अंकुरण खबर
1.04K
Shares

विश्वभरमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ७ हजार ५ सय ५३ संकमितको मृत्यु भएको छ ।

कोभिड सम्बन्धि जानकारी दिने ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै ७ हजार ५५३ संकमितको मृत्यु भएसंगै कुल मृतकको संख्या ५० लाख ३ हजार ९०१ पुगेको छ ।

मृतकको संख्या अझै पनि सबै भन्दा धेरै अमेरिकामा देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १ हजार ५ सय ३५ जनाको मृत्यु भएको छ । त्यस्तै रुस,बेलायत,इटली लगाएतका देशमा संक्रमित र मृतकको संख्या धेरै छ ।

अहिलेसम्म विश्वमा कुल संक्रमितको संख्या २४ करोड ६७ लाख २० हजार २२० छ भने तीमध्ये २२ करोड ३५ लाख ११ हजार ९७७ जना संक्रमण मुक्त भएका छन् ।