प्रदेश–१का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसंगै प्रदेश–१ को मुख्यमन्त्रीमा नेकपा एकीकृत (समाजवादी)का राजेन्द्र राई हुने निश्चित भएको छ ।
सोमबार मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसंगै राईले प्रदेश प्रमुख समक्ष ५० सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका हुन् ।
९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ जना सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा नेकपा एमालेको ४१ सांसदमात्र छन् । उता विपक्षी गठबन्धनमा नेपाली काँग्रेसको २१, माओवादी केन्द्रको १५, नेकपा एकीकृत समाजवादीको १०, जसपाका तीन सांसद छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका एक सांसद छन् ।
प्रदेश १ को सरकारबाट राजीनामा दिएसंगै अब प्रदेश र संघ सबै तिर एमाले नेतृत्वको सरकार हटेको छ ।
प्रदेश–१ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने निश्चित भएको छ भने,बागमती प्रदेशमा उक्त पार्टीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त भएका छन् । लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार बनेको छ ।