logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १का मुख्यमन्त्री राईले लिए सपथ, यी ५ नयाँ मन्त्रीले लिए सपथ


अंकुरण खबर
2.288K
Shares

प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्र राईले पद तथा गोपनियताको सपथ लिएका छन् ।

पाँच दलीय गठबन्धन एमाले समाजवादी, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक मञ्चबाट मुख्यमन्त्री बनेका नेकपा समाजवादीका संसदीय दलका नेता समेत रहेका राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ लिएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएका राईले आफुले सपथ खाएकै दिन  नियुक्त गरेका ५ मन्त्रीले समेत शपथ लिएका छन् । मुख्यमन्त्री राईले नेपाली कांग्रेसबाट केदार कार्कीलाई आन्तरिक मामिला मन्त्री र हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाएका छन् । नेकपा माओवादी केन्द्रबाट इन्द्र आङ्बो आर्थिक मामिला मन्त्री, जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री र राष्ट्रिय लोकतान्त्रिक मञ्चबाट विष्णुमाया तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री बनाइएको छ ।

भोजपुरको सामान्य परिवारमा विसं २०२७ सालमा जन्मेका राई अखिलबाट उदायका नेता हुन् । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गरेर तत्कालिन मुख्यमन्त्रीले भीम आचार्यले राजीनामा दिएका थिए ।