नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब प्रतिगमनकारी पराजित हुने बताएका छन् ।
बिहीबार नेपाल संवत् ११४२ तथा नेपाली चाडपर्वको उपलक्ष्यमा नेवा मुक्ति मोर्चाले ललितपुरमा गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिको रणनीति लागू गर्दै माओवादी केन्द्र अन्य पार्टी भन्दा अब्बल हुने बताएका हुन् ।
अहिले माओवादी र आफुलाई हराउन ठुलै शक्ति लागिपरे पनि देशभरी माओवादीका संगठनले गति लिन थालेको अध्यक्ष प्रचण्डको दाबी थियो ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले समाजवादी क्रान्तिको दिशातिर लागिछाड्ने प्रतिबद्धतामा साथ, समर्थन र सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।