सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस बिहान ११ बजेतिर कपुरकोटको खारखोलामा दुर्घटनामा परेको हो । बस दुर्घटनामा ९ जनाको मृत्यु भएको हो ।
‘दुर्घटनामा ६ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट २०० मिटर तल खसेको थियो ।