logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

काठमाण्डौ महानगरले थप पाँच विद्यालयमा प्राविधिक विषयको कक्षा सञ्चालन गर्ने


अंकुरण खबर
2.236K
Shares

काठमाण्डौ महानगरपालिकाले थप पाँच वटा विद्यालयमा प्राविधिक विषयको कक्षा सञ्चालन गर्ने भएको छ ।

गएको आर्थिक वर्षदेखि दुई वटा विद्यालयमा कक्षा नौदेखि १२ सम्म प्राविधिक धारको कक्षा सञ्चालन गरेको महानगरले थप पाँच वटा विद्यालयमा कार्यक्रम विस्तार गर्न आवेदन आह्वान गरेको छ ।

विद्यालयमा हुने प्राविधिक धारतर्फका कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, बाली विज्ञान र पशु विज्ञान विषयका कक्षाको लागि महानगरपालिकाले नै खर्च बेहोर्नेछ । प्राविधिक धारका कक्षा सञ्चालन गर्न इच्छुक विद्यालयले मंसिर २० गतेसम्म आवेदन दिन सक्नेछन्।

यसको लागि ५० जना विद्यार्थी अट्न सक्ने कक्षाकोठा भएको, प्रयोगात्मक अभ्यासको लागि आवश्यक पर्ने विषयगत प्रयोगशालाको व्यवस्था गर्न सक्ने क्षमता भएको, स्नातकोत्तर शैक्षिक योग्यता भएको विज्ञान, गणित र अङ्ग्रेजी विषयका एकरएक जना शिक्षक भएको, प्रयोगात्मक अभ्यासका लागि खुला ठाउँ भएको र विद्यार्थीको सङ्ख्या अनुसार खानारखानाको प्रबन्ध गर्न सक्ने क्यान्टिन भएका विद्यालयले आवेदन दिन सक्ने महानगरपालिकाले जनाएको छ ।