नेकपा एमालेले महाधिवेशनको तयारी स्वरुप छिमेकी देशसहित विभिन्न देशका ६२ ओटा राजनीतिक दलहरूलाई निम्तो पठाएको छ ।
आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने दसौँ राष्ट्रिय महाधिवेशनमा भारत चीन लगायत विभिन्न देशका ६२ वटा राजनीतिक दललाई अतिथिका रूपमा निम्तो पठाएको हो ।
पार्टीको महाधिवेशनमा विदेशी अतिथि बोलाउने परम्परा अनुसार विभिन्न देशका राजनीतिक दलहरूलाई निम्तो पठाइएको हो ।