विश्वमा पछिल्लो २४ घण्टमा ५ लाख २४ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा ८६ हजार ७ सय ३६ जना संक्रमित थपिएका छन् भने , १हजार २५७ जनाको मृत्यु हुँदा ३४ हजार ५६५ संक्रमणमुक्त भएका छन् । त्यस्तै बेलायतमा ३९ हजार ३२९ संक्रमित भएका छन भने २ सय १४ जनाको मृत्यु हुँदा ३४ हजार ४ सय ९० संक्रमणमुक्त भएका छन् । रुसमा ३८ हजार ५८ संक्रमित हुँदा १ हजार २ सय ३९ जनाको मृत्यु र ३४ हजार ५६५ जना संक्रमण मुक्त भएका छन् । टर्कीमा २७ हजार २५९ र ब्र्राजिलमा १४ हजार ३५७ जना थपिएका हुन् ।
छिमेकी मुलुक भारतमा २४ घण्टामा १२ हजार ३३१ जना कोरोना संक्रमित थपिदा, १२ हजार ८१६ जना संक्रमण मुक्त र ४८० जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कुल संक्रमितको संख्या ३ करोड ४२ लाख ८६ हजार ७९६ रहेको छ । जसमा ३ करोड ३७ लाख ७७ हजार ५३ जना संक्रमण मुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या १ लाख ४८ हजार ९०६ रहेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख ९१ हजार ९ सय २६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ७ हजार ५ सय ५२ जनाको मृत्यु भएको छ ।