logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आक्रान्त सर्वोच्च परिसर, दुई पक्षीय वकिलबीच धकेलाधकेल,५ जना पक्राउ,


अंकुरण खबर
767
Shares

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत वकिल तथा राणा पक्षधर कानून व्यवसायीबीच धकेलाधकेल भएको छ ।

आन्दोलनरत नेपाल बार एसोसियसनका पदाधिकारीसहित अन्य कानून व्यवसायीको प्रदर्शनमा राणा पक्षधरका कानून व्यवसायीले अवरोध गर्न खोजेपछि धकेलाधकेल भएको हो ।

सोही क्रममा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । दुई समूह विभाजन भएर झडपको अवस्था आउन सक्ने भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

यस अघिनै प्रधानन्यायाधीशको राजीनामा माग्दै बारको नेतृत्वमा आन्दोलन जारी रहेको छ । यसैक्रममा नेपाल बार एसोसिएशनले जबरालाई आज सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिने निर्णय गरिसकेको थियो ।