logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

यस्तो रहने छ आजको मौसम


अंकुरण खबर
2.093K
Shares

आज देशका पहाडी भू भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएका कारण देशका पहाडी भू भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ । हालवायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाको सबैलाई आग्रह गरेको छ ।

आइतबार भने देशका प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।