logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, महाधिवेशनको लागि कार्यतालिका अनुमोदन गर्ने


अंकुरण खबर
1.313K
Shares

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज (आइतबार) दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकले पार्टीको १४औँ महाधिवेशनको तयारीको बारेमा छलफल गर्नुको साथै महाधिवेशनको लागि कार्यतालिका अनुमोदन गर्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले भ्रातृ संस्था र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधित्वलगायत विषयमा पछफल हुने छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको सहभागि हुने छन् ।

कांग्रेसको महाधिवेशन २४ देखि २६ मंसिरका लागि काठमाडौंमा हुने छ ।