logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहट दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत (अपडेट)


अंकुरण खबर
1.352K
Shares

रौतहटमा शनिवार राती भारतीय नम्बरको गाडी दुर्घटनामा  मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।

युके १२ सि २९०० नम्बरको भारतीय कार दुर्घटनामा मृत्यु हुनेमा भारत विहारका २५ वर्षीय दिनानाथ साह, ३० वर्षीय अरुण साह, २८ वर्षीय दिलिप महतो र २७ वर्षीय अमित महतो रहेको जिल्ला प्हरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता (डिएसपी) नारायणप्रसाद चिमरियाले जानकारी दिए  ।

कार तीव्र गतिको कारण अनियन्त्रित भई  सडक भन्दा २० मिटर छेउमै रहेको ठुलो खाडलमा खसेको प्रहरीले जनाएको छ ।

घटनास्थल नजिकै बम नहरमा रहेको सुरक्षा चेकजाँचको टोलीले तत्काल कारको सिसा फुटालेर ४ जनालाई निकाली उपचारको लागि जिल्ला अस्पताल गौरमा लगेपनि डाक्टरले मृत घोषणा गरेका थिए ।

मृतक चारै जनाको खल्तीमा भेटिएको आइडी कार्डको आधारमा उनीहरुको भारत विहार राज्यको पूर्वी चम्पारण जिल्लास्थित पताही थाना वेतौना ठेगाना भएको खुलेको थियो ।

पहिचानको लागि भारतीय प्रहरीलाई तस्वीर सहितको म्यासेज पठाएपछि उनीहरुको परिवारजन आएर सनाखत भएको प्रहरीको भनाइ छ ।

उनीहरु रौतहटको  देवाही गोनाही नगरपालिका ४ स्थित आफन्त नरेश साहको घरमा छठको प्रसाद पुर्याउन आएर भारत फर्किँदै थिए । चन्द्रनिगाहपुर– गौर सडकखण्ड अन्तर्गत  झुन्खुनवा चोक नजिक भारतीय नम्बर प्लेटको कार  जिल्लाको मुख्य सडकस्थित बम नहर र झुनखुनवाबीच गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।