ओखलढुंगामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते छन् ।
सुनकोशी गाउँपालिका-९ काँडेभञ्याङ नजिकै आज बिहान प्रदेश ३–१०२२–च९६९४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रहरीका अनुसार जिप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकहरूको खनाखत भइसकेको छैन ।
दुर्घटनामा परेका घाइतेहरूको प्रहरीले उद्धार गरि काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ ।