logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

रौतहटमा दुई बालकको मृत्यु, रिसइबीका कारण स्थानीयले बिष खुवाई हत्या गरेको आशंका


अंकुरण खबर
1.079K
Shares

बिषका कारण रौतहटमा एकै परिवारका दुई बालकहरुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलिया निवासी सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकास रहेको स्थानीय प्रहरीले जनाएको हो ।

बिष खाएपछि उपचारको क्रममा उनीहरुको ज्यान गएको हो । शुरुमा ती बालकहरुलाई गरुडा लगिएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीरगञ्ज लग्दै गर्दा बाटोमै ज्यान गएको हो।

पीडित परिवारले दुबै बालकलाई रिसिवीका कारण गाउँकै स्थानीयले बिष खुवाई हत्या गरेको बताएका छन् । प्रहरीले यस घटनालाई शंकास्पद भन्दै गम्भीर अनुसन्धान गरिरहेको जनाएको छ ।

‘घटना शंकास्पद रहेकाले हामीले अनुसन्धान गरिरहेका छौ’, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) बिनोद घिमिरेल बताए ।