logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन पूर्वन्यायाधीश फोरम नेपालको अपिल


अंकुरण खबर
988
Shares

पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन अपिल गरेको छ।

आज पत्रकार सम्मेलन गर्दै फोरमले न्यायपालिका जोगाउन माग गर्दै महाभियोग लगाउन आग्रह गरेको हो।

प्रधानन्यायाधीश जबराउपर न्यायाधीशहरुको आचारसंहिता उल्लंघन गरेको तथा पूर्वन्यायाधीश फोरमद्वारा जारी विज्ञप्तिमा उल्लेख भएका १५ बुँदे आधारमा महाभियोग लगाउन पर्याप्त आधार भएको फोरमको भनाइ छ।

‘सरकार, राजनीतिक दल, सांसदहरु लगायत संविधान र प्रजातन्त्रप्रति आस्था राख्ने सम्पूर्ण चेतनशील नागरिकसमक्ष आफ्नो संवैधानिक कर्तव्य निर्वाह गरी न्यायपालिका जोगाउन हामी माग गर्दछौं,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

फोरमले प्रधानन्याधीशले वार्ताका लागि जारी गरेको विज्ञप्ति भ्रष्टाचार लुकाउन गरेको दुष्प्रयास भएको आरोपसमेत लगाएको छ। ‘प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाट जारी गरिएको वार्ताका लागि आह्वान गरेको विज्ञप्ति न्यायका विचलन तथा भ्रष्टचार लुकाउन गरिएको दुष्प्रयास मात्र हो। यो न्यायालयको हितमा रहेको देखिँदैन,’ फोरमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘न्यायााधीशहरूको काबुबाहिरको परिस्थितिका कारण न्ययका याचकहरूमा पर्न  गएको असुविधाका लागि न्यायिक सुधारको अभियानप्रति धैर्यधारण गर्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘जिम्मेवार निकाय र पदाधिकारीहरूले यस अभियानको गम्भीरता हृदयङ्गम गरी शीघ्रातिशीघ्र वर्तमान प्रधान्न्यायाधीशबाट न्यायपालिका जोगाउन पुनः  आह्वान गर्दछौं।’