logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ३७७ कोरोना संक्रमित, ४ जनाको मृत्यु


अंकुरण खबर
611
Shares

पछिल्लो २४ घण्टामा देशभर ३७७ जना कोरोना संक्रमित थपिएका छन् ।

९ हजार १४९ वटा नमुनाको परीक्षण गर्दा ३७७ जना संक्रमित थपिएका हुन् ।

आज १७० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ ।

अहिले देशभर ६ हजार ९८४ जना होम आइसोलेसनमा, ४९२ जना संस्थागत आइसोलेसनमा, २१९ जना आईसीयू तथा ५९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले  जनाएको छ ।