logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ का मुख्यमन्त्री राइले आज विश्वासको मत लिँदै, एमाले पनि सहभागी हुने


अंकुरण खबर
1.521K
Shares

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राइले आज बुधबार विश्वासको मत लिँदै छन् ।

राईले मंगलबार विश्वासको मत लिने भनिए पनि प्रमुख प्रतिपक्षी एमालेका सांसद अनुपस्थित भएपछि प्रदेशसभा बैठक स्थगित भएको थियो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभावले देखाउदै सांसद आउन नसक्ने भनेर एमालेका सांसदले मंगलबारको बैठक रोक्न माग गर्दै निवेदन दिएका थिए ।

आज साढे ११ बजे प्रदेशसभा बैठक बस्दैछ । एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आजको बैठकमा एमालेको सहभागिता हुने बताए ।