logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली चेली शाह अमेरिकी अन्तरिक्ष संस्था नासाद्धारा सम्मानित


अंकुरण खबर
1.066K
Shares

काठमाडौं – अमेरिकामा एक नेपाली चेली विशेष अर्वाडबाट सम्मानित भएकी छिन् । डाक्टर रश्मी शाह अमेरिकी अन्तरिक्ष संस्था नासाद्वारा प्रदान गरिने ‘अर्ली करिअर पब्लिक अचिभमेन्ट मेडल’बाट सम्मानित भएकी हुन् ।

नेपालको धनुषा जिल्लाकी रश्मी नासाको जेट प्रोपल्सन ल्याबरोटरी (जेपीएल)मा रिसर्च टेक्नोलोजिस्टको रुपमा कार्यरत छिन् । रश्मीले सन् २०१४ मा अमेरिकाको पर्ड्यू विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा आफ्नो पीएचडी पूरा गरेकी थिइन् ।

रश्मीले माटोको आद्रता, आद्रभूमि, हिउँको गहिराई र समुद्र सतहको गुणको मापन गर्ने अभियानमा विशेष योगदान दिएको भन्दै नासाले उक्त अवार्ड प्रदान गरेको हो ।