logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नारायणी नदीमा हामफालेर आत्महत्याको प्रयास


अंकुरण खबर
3.627K
Shares

चितवनको भरतपुर–३, नारायणगढस्थित नारायणी नदीमा हामफालेर एक पुरुषले आत्महत्याको प्रयास गरेका छन् । बुधबार बिहान करिव साढे ९ बजे पहिचान नखुलेको अन्दाजी ५० वर्षीय पुरुषले नारायणी पुलबाट हाम फालेका हुन् ।

एक पुरुषले पुलबाट हाम फालेको जानकारी पाउनासाथ तत्काल प्रहरीको टोली खटिइ निजलाई घाइते अवस्थामा उद्धार गरेको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ ।

गम्भीर अवस्थामा उद्धार गरिएको पुरुषलाई भरतपुर अस्पतालमा राखिएको छ ।