logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानन्यायाधीशलाई २४ घण्टाभित्र राजीनामा दिन कानून व्यवसायीको चेतावनी  


अंकुरण खबर
1.287K
Shares

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामा दिन २४ घण्टाको  ‘अल्टिमेटम’ दिएको छ ।

बारले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि २४ घण्टाभित्र राजीनामा दिन प्रधानन्यायाधीश राणालाई चेतावनी दिएको हो ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार सम्ममा प्रधानन्यायाधीशले राजीनामा नदिए सशक्त आन्दोलनका कार्यक्रम ल्याएर त्यसैको बलमा पदमुक्त गराउने चेतावनी दिए ।

नेपाल बार एशोसिएसनले इतिहासमा धेरै पटक न्यायालयमा सुधारका लागि आन्दोलन गरेको बताउँदै यस पटक निर्णायक आन्दोलनमा रहेको अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा अनियमितता र भ्रष्टाचारको नेतृत्व गरेको समेत आरोप ललगाए । श्रेष्ठले जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताए ।