logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आन्दोलनको थप रणनीति बनाउन बारको बैठक बस्दै


अंकुरण खबर
884
Shares

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनको थप रणनीति बनाउन नेपाल बार एसोसिएसनको बैठक बस्दैछ।

चौथो चरणको आन्दोलनका कार्यक्रम सकिने दिन आज अर्थात् शुक्रबार दिउँसो १ बजेतिर बारको बैठक बस्न लागेको हो। बैठकमा सर्वोच्च बार र सल्लाहकार समितिको पनि उपस्थित हुने बारले जनाएको छ।

करिब ४ हप्तादेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै धर्ना र प्रदर्शन गर्दै आएको बारले थप आन्दोलन कार्यक्रम तय गर्न लागेको हो। जबराको राजीनामा नआएसम्म आन्दोलनलाई निरन्तरता दिने बारको रणनीति छ।