logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक प्रहरी निरीक्षकको रहस्यमय मृत्यु


अंकुरण खबर
858
Shares

काठमाडौं – सशस्त्र प्रहरी निरीक्षकको सुतेको ठाँउमै मृत्यु भएको छ ।

मंगलबार साँझसम्म ड्युटी सकेर खाना खाई सुतेका सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको हो।

बुधबार बिहान एक्कासि बेहोस भएपछि थापालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मुत्यु भएको बताइएको छ ।

एक वर्षदेखि जुम्लामा कार्यरत थापा दैलेख नारायणी नगरपालिका-८ निवासी हुन्।