logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रको वडा सम्मेलनको तयारी पूरा, भोलि देशभर नेतृत्व चयन हुने


अंकुरण खबर
1.04K
Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भोलि (शनिबार) देशभरका वडाहरुमा सम्मेलन गरी नेतृत्व चयन गर्दैछ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वडा सम्मेलनका लागि सबै तयारी पूरा भएको माओवादी केन्द्र निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए।

आगामी पुस ११—१३ सम्म हुने राष्ट्रिय सम्मेलनको तीव्र तयारीमा भइरहेको र त्यसका लागि निर्वाचन नियमावली २०७८ र निर्वाचन आचारसंहिता २०७८ पनि पारित गरिएको श्रेष्ठ जानकारी दिए।

निर्वाचन प्रयोजनका लागि देशभरका ६ हजार ७सय ४३ वडा, ७ सय ५३ पालिका र ७ वटै प्रदेशमा निर्वाचन समितिहरु गठन गरिएको सम्मेलनमा जानकारी गराइएको थियो । आयोगले प्रदेशमा ७ सदस्यीय, पालिकामा ५ सदस्यीय र वडा तहमा ३ सदस्यीय निर्वाचन समितिहरु समेत गठन गरेको छ।

मंसिर ११ गते सम्पूर्ण पालिका र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुने कार्यकतालिका बनाएको बताइएको छ ।