नेकपा (माओवादी केन्द्र) ले आज एकै पटक देशभर वडा सम्मेलन गर्दैछ ।
अब पार्टीलाई नयाँ शिराबाट अगाडी बढाउँदै वैज्ञानिक पार्टी निर्माणको गर्ने भन्दै माओवादी केन्द्रले एकै पटक वडा सम्मेलन गर्न लागेको जनाएको छ । ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने मूख्य नारा राखेको माओवादी केन्द्रले अब समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेले संभव भए सबै स्थानमा सहमतिमा नेतृत्व चयन गर्न लागेको हो।
पार्टीले वडा सम्मेलनका लागि एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ “पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्नसक्ने नयाँ एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।”
माओवादीले यही मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ ।