logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

निर्वाचनमा गठबन्धनलाई हराउँन एमाले एक्लै काफी छ : केपी ओली


अंकुरण खबर
1.001K
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैको बैशाखी टेकेर चुनाव नलड्ने बताएका छन् ।

शनिबार काठमाडौँ महानगरपालिकामा आयोजित नेपाल सम्वत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनका लागि एमाले एक्लै काफी रहेको बताए ।

कार्यक्रममा उनले भने ‘पाँच दलीय गठबन्धनका केही दलले गठबन्धन गरेर चुनाव लड्छौँ भनिरहेका छन् । पाँच दलीय गठबन्धनजस्ता अरु १० वटा दल मिलेर चुनावमा आए पनि एमालेलाई केही फरक पर्दैन । एमाले कसैको बैशाखी टेकेर चुनाव लड्दैन ।

कार्यक्रममा अध्यक्ष ओलीले नेपाल सम्वत्को क्यालेण्डरसमेत सार्वजनिक गरेका छन् ।