नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ ।
आज छापावाला सुुन तोलामा सात सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार दुई सय रुपैयाँमा कायम गरिएको छ।
सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रति तोलामा १५ रुपैयाँले घटेर एक हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।