logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, एकीकृत समाजवादीका दुई मन्त्री थपिए


अंकुरण खबर
975
Shares

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आइतबार बिहान नेकपा एकीकृत समाजवादीका दुई नेतालाई मन्त्रीमा नियुक्त गरेका हुन्।

एकीकृत समाजवादी संसदीय दलका नेता सत्रुधन महतो र सांसद प्रमोद यादव मन्त्रीमा नियुक्त भए । नवनियुक्त दुवै मन्त्रीले आइतवार नै पद तथा  गोपनीयताको शपथ लिएका छन् ।

महतोलाई उद्योग पर्यटन वन र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्तालयको जिम्मेवारी दिइएको छ । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउत, प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहसहितको सहभागिता थियो ।

योसँगै संघीय सरकारको जस्तै प्रदेश २ सरकार पनि जनता समाजवादी पार्टी, कांग्रेस,नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्ध सरकार भएको छ ।