logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पछिल्लो २४ घन्टामा देशभर थपिए ३८५ संक्रमित, चार जनाको मृत्यु


अंकुरण खबर
611
Shares

पछिल्लो २४ घन्टामा देशभरिमा ३८५ जना कोरोना संक्रमित थपिएका छन्।

९,९२१ जनामा गरिएको पिसिआर परीक्षणबाट ३६७ र २,७७६ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा २५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ८,००,६१७ पुगेको छ।

आज कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ। योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,५०० पुगेको छ।

अहिले देशभरिमा ७,२६९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ६,८२७ जना होम आइसोलेसनमा र ४४२ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्।

यस्तै, २३० जनाको आईसियुमा उपचार भइरहँदा ५५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।