logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी, तीन बालकको मृत्यु


अंकुरण खबर
1.196K
Shares

सिन्धुपाल्चोकको हेलम्बुमा एउटा गोठमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ ।

स्थानीय सन्त तामाङको घरसँगै रहेको एक तले गोठमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको हो ।

सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतले दिएको जानकारी अनुसार सोमबार बेलुका सात बजेतिर हेलम्बु–७ सरसिङका सन्त तामाङ गोठमा आगलागी हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।

मृत्यु हुनेमा गोठमा बसिरहेका सन्तका छोरा ६ वर्षका मनोज, स्थानीय सुकमान तामाङका छोरा पाँच वर्षका मनिष तथा साइला तामाङका छोरा पाँच वर्षका दिलबहादुर रहेका छन् ।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो बेलुका साढे ८ बजेतिर नियन्त्रणमा लिए पनि बालकहरुलाई बचाउन नसकिएको उनले बताए ।