साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आज छापावाला सुन तोलामा १६०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
आज तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको थियो ।