logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

रौतहटमा मोटरसाइकल दुघर्टनामा एकको मृत्यु, दुई जना घाइते


अंकुरण खबर
910
Shares

रौतहट जिल्लाको प्रमुख गौर–चन्द्रपुर सडकमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गएराति गौरचन्द्रपुर सडक स्थित बैजनाथपुर चोकमा दुर्ई मोटरसाइकल एकआपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको हो।

दुर्घटनामा परी चन्द्रपुर नगरपालिका–९ का महादेव साहको २५ वर्षीय छोरा रामाशंकर साहको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख नायब उपरिक्षक (डिएसपी) लिलाराज लामिछानेले बताए ।

ना ५३ प ६११२ नम्बर र विपरित दिशाबाट आइरेहेको ना ४३ प ६२४३ नम्बरको मोटरसाइक एक आपसमा ठोक्किएर निज साहको घटनास्थलमै मृत्यु भएको थियो ।

विपरित दिशाबाट आइरहेको मोटरसाइकलमा चालक गुजरा नगरपालिका–९ का मनोज चौधरी र सोही मोटरसाइकलमा सवार बृन्दावन नगरपालिका ७ कि कान्ति देवी चौधरी गम्भीर घाइते भएको डिएसपी लामिछानेले बताए ।

घाइतेहरुलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।