

आज बुधबार पहाडी भूभागमा आंशिक बदली रहने छ ।
अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएका कारण बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशका पहाडी भूभागमा बदली रहनेछ । बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको आँकलन गरिएको छ ।
यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान…
