logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

तीनै तहको चुनाव एकैपटक गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : प्रचण्ड


अंकुरण खबर
1.014K
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा गठबन्धन दल सकरात्मक रहेको बताएका छन् ।

बुधबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले यसबारेमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल समेत भएको बताएका हुन् । प्रधानमन्त्री पनि त्यस विषयमा सकारात्मक रहनुभएको दाहालको भनाइ थियो । तर सबै तहसँग छलफल गरेर मात्र उपयुक्त निष्कर्षमा पुगिने उनले बताए ।

पटक पटक चुनाव गर्दा राज्यलाई खर्च भार पनि बढी हुने र जनतालाई पनि दिक्क लाग्ने हुँदा सबै चुनाव एकै पटक गर्नुपर्ने माग आउन थालेको उनले बताए ।

फरक प्रसँगमा अध्यक्ष दाहालले सर्वोच्च अदालनमा देखिएको समस्या छिट्टै समाधान हुने बताए । अदालतभित्र देखिएको समस्या आन्तरिक रुपमै समाधान हुनुपर्ने बताउँदै उनले त्यसो नभएमा एक दुई दिनमा पाँच दलीय गठबन्धनले एक स्टेपमाथि गएर अर्को निर्णय गर्ने बताए ।