logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बारले आज उच्च अदालतमा विरोध सभा गर्ने


अंकुरण खबर
689
Shares

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजिनामा माग्दै एक महिनादेखि आन्दोलनमा रहेको नेपाल बार एशोसियसनले आज उच्च अदालतहरुमा विरोध सभा गर्ने भएको छ ।

देशका १८ वटै उच्च अदालत रहेका स्थानमा विरोध प्रदर्शन र सभा गर्न बारले मातहतका इकाईहरुलाई निर्देशन दिएको हो । १८ वटै उच्च अदालतमा केन्द्रीय प्रतिनिधि पनि खटाइएको बार महासचिव लीलामणि पौडेलले एक विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

विरोध कार्यक्रम अनुसार बारको केन्द्रीय नेतृत्व भने पाटन उच्च अदालत परिसरमा हुने विरोध कार्यक्रममा सहभागी हुने छ ।