एमाले सचिव तथा प्रचारप्रसार विभाग प्रमुख योगेश भट्टराईले सचिव पदमा दोहोरिने बताएका छन्।
आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सचिवमै दोहोरिने बताएका हुन्। यसअघि उनले कुन पदमा उम्मेदवारी दिने भनेर खुलाएका थिएनन्।
पार्टीको कार्यकारी भूमिकामा बस्न अझै १५ वर्ष बाँकी रहेको उनले बताए। लामो यात्रामा दौड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्ने उल्लेख गर्दै उनले यसपालि सचिवमै रहने बताएका हुन्।
‘लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ। म अहिले चौतारीमा बस्दै छु। फेरि सचिव पदमा उठ्ने तयारी गरेको छु,’ उनले भने।