नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
बिहीबार छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
आज तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार दुई सय तीस रुपैयाँमा कायम भएको छ ।