पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार दिउँसो चितवन पुगेका छन्।
शुक्रबारबाट सुरू हुने महाधिवेशनमा सहभागी हुन ओली चितवन पुगेका हुन्। उनीसँगै ओलीपत्नी राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता चितवन पुगेका छन्।
बुद्ध एयरको विमानस्थलबाट भरतपुर अवतरण गरेका ओली सिधै सौराहा गएका हुन्।
शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ। ओली सौराहामै बस्नेछन्। एमालेको १०औँ महाधिवेशन १०–१२मंसिरमा हुनेछ।