logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

सर्वोच्चमा मङ्सिर १५ गतेदेखि गोलाप्रथा प्रक्रियाबाट पेसी तोकिने


अंकुरण खबर
1.339K
Shares

सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेबाट गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतको फुल कोर्ट बैठकले मंसिर १५ गतेबाट गोलाप्रथाबाट लागू गर्ने निर्णय गरेको हो ।

बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले आगामी बुधबारदेखि लागू गर्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देबेन्द्र ढकालले जानकारी दिए।

सर्वोच्च अदालत दोस्रो संशोधन नियमावली, २०७८ राजपत्रमा प्रकाशित भएपछि आज बसेको फूलकोर्ट बैठकले आउँदो बुधबार अर्थात १५ गतेदेखि लागू गर्ने निर्णय गरेको हो ।

नियमावली सोमबार नै नेपाल राजपत्रमा प्रकाशित भएको थियो।