logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

न्यायालयको आन्दोलनमा प्रधानमन्त्रीको चासो, नेपाल बारका पदाधिकारीसँग आज छलफल


अंकुरण खबर
1.157K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नेपाल बार एसोसिएसनका पदाधिकारीलासँग छलफल गर्ने भएका छन।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले बिहान साढे १० बजे छलफलका लागि बोलाएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए।

देउवाले नेपाल बार र सर्वोच्च अदातल बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका हुन ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै एक महिनादेखि आन्दोलनरत बार र वृहत नागरिक आन्दोलनले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गरेका थिए ।

गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षणपत्र बुझाएको थियो । उक्त ध्यानाकर्षणपत्र आज प्रधानमन्त्री देउवालाई पनि बुझाउने कार्यक्रम रहेको श्रेष्ठले बताए ।