logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ


अंकुरण खबर
845
Shares

आफ्नै आमाको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन।

आफ्नै ६० वर्षीया आमा मेनु सारुको कुटपिट गरी हत्या गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका-८ पेलाचौर बस्ने ४३ वर्षीय कृष्ण सारुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

मादक पदार्थ सेवन गरी सारुले आफ्नै आमालाई सालको काठले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।