logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा देशभर थपिए २७० जना कोरोना संक्रमित, दुई जनाको मृत्यु


अंकुरण खबर
884
Shares

पछिल्लो २४ घण्टामा थप २ समय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय २९ जनाको पिसिआर परीक्षण गर्दा २४२ जना र २ हजार ६ सय १७ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जना गरी २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २० हजार ५ सय २७ पुगेको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ३ सय २ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ८ लाख १ हजार ७ सय २२ जना पुगेको छ ।

यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । योसँगै नेपाल कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ८७ जना रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये ६ हजार ८ सय ९६ जना होम आइसोलेसनमा रहेका छन् भने ३ सय ९१ जना संस्थागत आइसोलेसनमा छन्।

कोरोनाका बिरामीमध्ये १ सय ७५ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत छन्।