logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘ओमिक्रोन’बारे निर्णय लिन सीसीएमसीको बैठक सिंहदरबारमा


अंकुरण खबर
2.028K
Shares

दक्षिण अफ्रीकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएसँगै विभिन्न देशले यात्रा प्रतिबन्द लगाउन थालिसकेका छन।

नेपालले पनि नयाँ भेरियन्टको जोखिम रोक्न तयारी थालेको अधिकारीहरुले बताएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्ट देखिएको भन्दै रोकथामका लागि तयारी थालेको जनाएको छ।

अन्य देशहरुले हवाइलगायत क्षेत्रमा कडाइ गर्न थालेपछि नेपालमा पनि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठक आइतबार बसेको छ।

सीसीएमसीका प्रवक्ता सुनिता नेपालका अनुसार बैठकमा स्वास्थ्य विज्ञहरुको समेत सहभागिता रहको बताइएको छ।

बैठकले महत्वपूर्ण निर्णयहरु गर्ने बताइएको छ।