logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले अध्यक्षमा ओलीको अग्रताः ओलीले चार सय भोट ल्याउँदा रावलको ४२ मात्रै


अंकुरण खबर
1.001K
Shares

नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओलीले अग्रता लिएका छन् ।

केहीबेर अघि सार्वजनिक भएको प्रारम्भिक मतपरिणाममा ओलीले फराकिलो अन्तरले अग्रता लिएका हुन् ।

अध्यक्षमा केपी शर्मा ओलीले चार सय बढी मत प्राप्त गर्दा प्रत्यासी भीम रावलले भने ४२ मत मात्र प्राप्त गरेका छन्।

बिहान ११ बजे मतदान सकिएपनि मतगणना भने केहीबेर अघिमात्रै शुरु भएको हो। दिउँसो तीन बजेसम्म सम्पूर्ण नतिजा आइसक्ने निर्वाचन समितिले जनएको छ।

जारी महाधिवेशनमा २ हजार १३५ प्रतिनिधिमध्य ५७ जनाले मत दिएनन् ।