शेयर बजार परिसूचक नेप्से लगातार मङ्गलवार पनि घटेको छ ।
नेप्से आज एक दशमलव ६४ अङ्कले घटेर दुई हजार ६ सय २८ दशमलव ३७ विन्दुमा झरेको हो ।
आज विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, अन्य र म्युचल फन्ड समूहको शेयर सामान्य बढेको छ । बैंकिङ, होटल, व्यापार, उत्पादन, जीवन बीमा, माइक्रोफाइनान्स र लगानी समूहको शेयर भने घटेको छ ।
नेप्सेका अनुसार आज दुई सय २५ कम्पनीका ६४ लाख ४७ हजार कित्ता शेयर तीन अर्ब आठ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै आईसीएफसी फाइनान्सको १६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
यस्तै, आज इन्फिनिटी लघुवित्तको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ भने सामलिङ पावर र न्यादी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।